Breaking News.... EverestOnlineKhabar
August 11, 2026

काबुलमा  विष्फोटमा पत्रकारहरुसहित २१ जनाको मृत्यु

Loading

बीबीसी। अफगानिस्तानको राजधानी काबुलमा  भएको विष्फोटनमा पत्रकारहरुसहित २१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पहिलो बम विष्फोट भएपछि मानिसहरु र समाचार संकलन तथा तस्विरका लागि पत्रकारहरु पुगेका थिए । त्यही भीडमा अर्को विष्फोट गराइएको थियो ।

एएफपीले आफ्नो प्रमुख फोटोग्राफर शाह मराईको उक्त विष्फोटनमा मृत्यु भएको जनाएको छ । एएफपीले आफ्नो ट्वीटमा सुसाइड बिष्फोटनको समाचार संकलनको लागि जम्मा भएका पत्रकारहरुलाई नै लक्षित गरेर गरिएको आक्रमणमा आफ्नो फोटोग्राफरको मृत्यु भएको उल्लेख गरेको छ ।
एएफपीले प्रहरी प्रबक्तालाई उदृत गरेर दिएको जानकारी अनुसार पछिल्लो विष्फोटन गराउने व्यक्तिले आफुलाई पत्रकार भनेर चिनाएका थिए । पहिलो विष्फोटन भने मोटरसाइकलमा आएकाले गराएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed