![]()
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको बक्सिङ इभेटन्स ‘च्याम्प अफ दी च्याम्पियन्स(सीओसी)’ को बेल्ट मनिस डंगोलले जितेका छन्। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मनिसँगै सरोज सेवा पुगेका थिए।
सेमिफाइनलमा मनिस डंगोलले सुरेन्द्र कार्कीलाई तथा सरोज सेवाले यादव थापालाई पराजित गरेका थिए। तर फाइनल हुने बेला पारिवारिक कारण देखाउँदै अर्का फाइनलिस्ट सरोज विदेश गएपछि आयोजकले सोमवार मनिसलाई विजेता घोषणा गरेको हो।
च्याम्पियन मनिसले च्याम्प अफ च्याम्पियन्सको बेल्टसँगै नगद २ लाख पुरस्कार हात पारेका छन्। डान्सिङ याकका सुजित डंगोलले मनिसलाई बेल्ट प्रदान गरे भने नेपाल प्रोफेसनल बक्सिङ कमिसनका कोषाध्यक्ष लाल बहादुर महर्जनले २ लाखको चेक हस्तानतरण गरे।
अब मनिसले बेल्जियममा हुने बक्सिङ फाइट र प्रशिक्षणमा सहभागिता जनाउन पाउनेछन्।


