Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा युद्ध अपराध गरेको र यौन दास राखेको आरोपमा त्यहाँका सैनिक नेता दोषी पाइएका छन्। कंगोको एउटा सैन्य अदालतले मारो टुम्वालाई दक्षिणी किभु प्रान्तमा एक दशकअघि सयौँ गाउँलेलाई सताएको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाइएको हो।

द मोरोक्कन भनेर चिनिने मारो टुम्वाले देशको पूर्वी भागमा सर्वसाधारणविरूद्ध हमला गरेको, बलात्कार गरेको र यौनदासी बनाएको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो।

पीडितलाई सहायता गर्ने र दुर्व्यवहार गरेकोबारे प्रमाण पेश गर्ने ट्रायल इन्टरन्याशनलले उनले सन् २००५ देखि २००७ सम्म सयौँ गाउँलेहरूलाई सताएको जनाएको छ।

टुम्वाले यातना दिइएका महिला र पुरूषहरूलाई अपहरण गर्ने, पीडितहरूलाई रूखमा बाँध्ने गरेको ट्रायल इन्टरन्याशनलले जनाएको छ। उसका अनुसार अदालतले टुम्वाले प्रत्येक पीडितलाई दुईदेखि पाँच हजार डलरसम्म क्षतिपूर्ति स्वरूप दिनुपर्ने समेत निर्णय सुनाएको छ।

उत्तर र दक्षिण किभु प्रान्तमा लडाकु समूहहरूका थुप्रै हिंसाहरू भएका छन्। उक्त क्षेत्रमा सर्वसाधारणबाट पैसा लिने र त्यहाँको खनिज स्रोतमाथि आफ्नो नियन्त्रणबारे ती समूहहरूबीच लडाइँ भइरहने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.