Breaking News.... EverestOnlineKhabar
October 2, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले ९ हजार नेपालीलाई आफनो देशबाट धपाउँदै

Loading

एजेन्सी । अमेरिकाले करीब ९ हजार नेपालीहरुको अस्थाथी बसोबास अनुमति रद्द गर्ने तयारी गरेको छ । अमेरिकाको गृह मन्त्रालय मानिने डिपार्टमेन्ट अफ् होमल्याण्ड सेक्युरिटीले अस्थायी बसोबास अनुमति रद्द गरी उनीहरुलाई घर फर्काउन थालेको हो । यो कदम ट्रम्प प्रशासनले अस्थायी हैसिसयतमा अमेरिका बसिरहेका विदेशीहरुलाई निकाल्न चालिरहेको श्रृङ्खलाबद्ध कारवाही मध्ये एक हो ।

नेपालीहरुलाई बहिगर्मनको लागि एक वर्षको समय अतिरिक्त समय दिइनेछ । नेपालीहरु सन् २०१९ को जुन २४ बाट भने देश निकाला हुनेछन् । तीन वर्षअघि २५ अप्रिल २०१५ मा नेपालमा गएको भूकम्पपछि नेपालीहरुलाई अस्थायी सुरक्षा हैसियत(टीपीएस) प्रदान गरेर अमेरिकामा कानुनी रुपमा रहनको लागि अनुमति दिइएको दियो ।

टीपीएस प्राकृतिक प्रकोप, द्वन्द र अन्य संकटले अस्थीर भएको देशका नागरिकलाई तिनको देश फर्काउन बाध्य नपार्नका लागि सन् १९९० मा अमेरिकी कङ्ग्रेसले बनाएको थियो ।

नेपालीहरुको टीपीएस रद्द गर्ने निर्णयले अरु देशहरुको सम्बन्धमा निर्णय हुँदा भन्दा कम ध्यान तानेको छ । कङ्ग्रेस अनुसन्धान सेवाका अनुमान अनुसार नेपालको भूकम्प पछि १५ हजार नेपाली नागरिकहरु टीपीएस हैसियत लिएको भए पनि ९००० नागरिक मात्र अमेरिकामा यो हैसियता बसिरहेका छन् । नेपालीहरु मुख्यत न्यूयोर्क सहर वरपर केन्द्रित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed