![]()
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ लगानीमा चितवनमा मात्रै २५ वटा उद्योग खोल्ने तयारी भएको बताएका छन् ।
प्रेस सेन्टरले बुधवार चितवनमा गरेको छलफलमा अध्यक्ष दाहालले उत्तरको छिमेकी मुलुक चीनको सहयोगमा चितवनमा उद्योग खोल्न लागेको बताए । यो बिषयमा चिनियाँ व्यावसायीहरुको टोलीसँग छलफल भैसकेको उनले बताए । ‘जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक छलफल भएको छ’ अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले आफूले कृषीमा रुची राखेकाले चिनियाँ व्यवसायी कृषिमा आधारित उद्योग खोल्न पनि तयार रहेको उनले बताए । चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको उनले बताए ।


