Breaking News.... EverestOnlineKhabar
June 28, 2026

‘सञ्जू ; वान म्यान मेनी लाइफ्स’ को पहिलो टिजर रिलिज, सञ्जय दत्त जस्तै देखिए रणवीर (भिडियोसहित)

Loading

एजेन्सी। बलिवुड रणवीर कपूर अभिनिति चलचित्र ‘सञ्जू ; वान म्यान मेनी लाइफ्स’ को पहिलो टिजर रिलिज भएको छ । नायक सञ्जय दत्तको चलचित्रको यात्रालाई रणवीर कपूर अभिनयमा उतारेका छन् ।

रणवीरको अभिनयलाई धेरै नै रुचाइएको छ । उनले टिजरमा सञ्जयको लुक्समा जस्ताको तस्तै आफूलाई ढालेका छन् र उनेको यो अभिनयलाई हेरेर सबै चकित भएका छन् । रणवीर लुक्समा मात्र होइन, आवाज र संवादमा पनि सञ्जय जस्तै देखिएका छन् ।

के के गरे रणवीरले

सञ्जय दत्तको जीवनमा आधारित यो चलचित्रमा अभिनय गर्नको लागि रणवीरले आफूलाई शारीरिक र मानसिक रुपमा नै रुपान्तरण गरेका छन् । उनी सञ्जय दत्तको हरेक अवतारमा सञ्जय जस्तै देखिएका छन् ।

रणवीरले हरेक अवतारको लागि एक महिनाको समय लिएका थिए । उनीले बताएका थिए, ‘यो छिटो छिटो भइरहेको थियो तर हामीसँग धेरै समय थिएन, मैले हरेक रुपको लागि आफूले आफूलाई एक महिनाको समय दिए ।’

मेरो शरीरको फ्रेम पातलो खालको छ, मलाई मसल्स बढाउने काम धेरै नै कठिन रर्‍यो । सञ्जय दत्तको जेलबाट बाहिर आउँदाको लुक र मुन्नाभाइको लुक्स देखाउनको लागि सारै नै गाह्रो भएको थियो ।

रणवीरका अनुसार शरीर रुपान्तरण, मेकअप गरेर आफूलाई पात्र जस्तै देखाउनु ठूलो कुरा होइन, चरित्रमा आफू उत्रनु र पात्रको आत्मालाई बुझ्नु सबैभन्दा चुनौतिपूर्ण काम हो । आफूले एक इमान्दार कलाकार भएर काम गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.