![]()
बीबीसी । चीनको दक्षिणी शहर यिङ्दीस्थित कराओके बारमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
तीन तल्ले भवनमा विहानको समयमा आगलागी भएको हो । प्रहरीले शंकास्पद ३२ बर्षीय लुई छुनलुलाई पक्राउ गरेको छ । प्रवेशद्वार बन्द गरेर आगलगाी गराएको उनीमाथि प्रहरीले आरोप लगाएको छ । यद्यपी, आगलागीको कारण भने खुलेको छैन ।
आगलागी गराउने मुख्य आरोपीका बारेमा सूचना दिने व्यक्तिलाई ३१ हजार ६ सय ६५ अमेरिकी डलर पुरस्कार दिने स्थानीय अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ । गत बर्ष चीनको पूर्वी क्षेत्रस्थित एक भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको थियो ।


