Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सन्दर्भ लोकतन्त्र दिवस :रेल चढेर सम्वृद्धी आउॅछ भन्ने भ्रमबाट मुक्त हुन जरूरी

Loading

प्रकाश अधिकारी

आज वैशाख ११ ,लोकतन्त्र दिवस । ०६२/०६३ को आन्दोलन र शहीदको स्मरण गर्दै जनताका प्रतिको उत्तरदायीत्व महसुस गर्नु पर्ने दिन हो । तर, यसको एहसास जनताले गर्न पाएका छन त ?

आज लोकतन्त्र प्राप्त भएको बाह्र वर्ष ब्यतीत भैसकेको छ, त्यसैले मुलुक र जनतालाई लोकतन्त्रले के दियो? यसको मूल्यांकन गर्ने बेला भएन र ? वर्तमान सरकारको निर्णयले लोकतंत्रका खातिर रगत बगाउने शहीद र तिनका परिवारको मुटुमा गहिरो चोट लागेको छ किनकी लोकतन्त्र प्राप्ति लागि लड्ने शहीदको सम्मान गर्ने दिनका रूपमा दिंदै आईरहेको सार्वजनिक विदाको कटौति गरेर उनीहरूले जनाधिकारको लागि बगाएको रगतको अपमानित गरेको छ।यसले सरकारको लोकतन्त्रका प्रति कति विश्वास र शहीदका प्रति कति सम्मान छ भन्ने पुष्टि गर्दैन र ?

०६२/०६३ को आन्दोलनले राजनैतिक परिवर्तनका साथै आर्थिक, सामाजिक , चारित्रिक र जनजिविकाको सवलमा पनि समूल परिवर्तनको लक्ष्य राखेको थियो तर भयो के?यी दिब्य बाह्र बर्षमा नेता र तिनका आसेपासेका आर्थिक जीवनशैली परिवर्तन भए ; भष्टाचार, अनियमितता, अनचार, दुराचार दण्डहिनता ,गुण्डाराज, अनुशासनहिता, माफियातंत्र राम्रैसंग मौलायो।लोकतंत्रको यही वर्ग र समूहको पैतृक विरासता बनी रहो ।

लोकतन्त्रका लागि लड्ने जनताको झुपडीलाई यसले छुनै सकेको छैन। मूलुक लुटेर खान पल्केको वर्ग जो सत्तामा आउछ त्यसको पछि लाग्छ भन्ने बिर्सेर नेताहरू तिनैका ब्यवसायिक साझेदर बने।अस्ति पंचायतमा लुट गर्ने हिजो कांग्रेस बने आज माओवादी र एमालेमा ताॅती छ।निष्ठा, आदर्श, मूल्य, मान्यता र चरित्र राजनीतिका आधार स्तंभ हुन जुन सबै पार्टीमा हराई सकेको छ।नैतिकता र विचारका लागि लड्नेहरू सबै पार्टीको आन्तरिक राजनीतिबाट पलायन वा विस्थापित हुने अवस्था छ।के यही मूल्यहीन राजनीतिका लागि थियो लोकतन्त्रको लडाई?

यी तमाम विकृति र विसंगति बाबजूद केही राम्राका भएका छन:गणतन्त्रको स्थापना ,लोकतान्त्रिक अधिकार सहितको संघीय गणतन्त्रात्मक संविधानको निर्माण, संविधानको आधरमा तीनै तहको निर्वाचन गराएर त्यसको कार्यन्वयन।

लोकतन्त्रका यी बाह्र वर्षमा देशले गिरीजा, प्रचण्ड (दुई पटक)माधव झलनाथ, बाबुराम, सुशील , के पी(दुई पटक) र शेर बहादुर प्रधानमंत्री बने।दश बर्षले नौवटा प्रधान मंत्री दियो।गिरीजाबाबुले गणतंत्र , सुशीलले संविधान र शेरबहादुरले संविधानको कार्यन्वयन गराउने काम भयो । बाॅकी छ प्रधान मंत्रीले के गरे? लोकतन्त्रमा राजनीति पार्टी र नेताको भूमिका नायकको जस्तो हुनु पर्छ न की  खलनायकको। नेताको चरित्र, आदत, निष्ठा, योजना, कार्य दक्षता, पारदर्शिता एवं मुलुक र जनता प्रतिको ईमानदारीता नभै मुलुक बन्दैन। नेताका चौतारीको गफाडेको जस्तो गफ लगाउने मात्र भए भने मुलुक र जनताले दुख पाउॅछन।

पंचायतका पालादेखि अहिलेसम्म विकास, सम्वृद्धी स्थायित्व र राष्ट्रीयताको गीत गाएर जनताका लोकतान्त्रिक अधिकारको अपहरण गरी शासन गर्न खोज्ने एक थरि मनोविज्ञान नेपालको राजनीतिमा सधैं क्रियाशील छ।अहिले यसको प्रतिनिधि पात्र हुन के पी शर्मा ओली ।यो मनोविज्ञानले सहभागिता मुलक(लोकतंत्रको आधार) संस्कृतिको विनाश गर्दै अधिनायकवादको दिशा निर्धारण गर्दछ ।जनतालाई अधिकार सम्पन्न बनाएर सृजित सम्वृद्धी स्थायी र दिगो हुन्छ यो नै लोकतन्त्रको आत्मा हो तर अधिनायकवादी तानाशाही र फाॅसीवादीहरू सम्वृद्धी र विकासका लागि जनताका अधिकार खोस्न चाहान्छन।यस्ताबाट मुलुक बन्दैन।यिनीहरू असिमित अधिकार सहित दीर्घकाल जनता माथि शासन गर्ने षडयंत्र बुन्न सधैं तल्लीन रहन्छन्।सम्वृद्धी र विकास मात्र जनताको लागि भन्ने मान्यता लोकतान्त्रिक मुलुकमा सम्भव छ अन्त छैन भन्ने कुरा संसारमा प्रमाणित भै सकेको छ ।

अमेरिका अमेरिकनले बनाए जापान जापनिजले इजराईल ईजराईलीले बनाएका हुन त्यसैले उनीहरूको शीर विश्व सामु ठाडो छ। नेपाल हामी नेपालीले बनाउन सक्छौ भन्ने विश्वास जगाउ, कार्ययोजना बनाउ, श्रोत जुटाउ र अनि कार्यन्वयन गर त्यस पछि मात्रै कुरा गर।चीन र भारतसंग भिख मागेर रेल गुडाए पछि रेल चढेर सम्वृद्धी र विकास आउॅछ भन्ने भ्रमबाट मूक्त हुन जरूरी छ।हाम्रो श्रोत; हाम्रो साधन; हाम्रो सीप; हाम्रो लगानी; हाम्रो उत्पादन; त्यस पछि मात्रै हाम्रो विकास हाम्रो सम्वृद्धी आत्मनिर्भर अर्थतंत्र हाम्रो लक्ष्य। लोकतन्त्र दिवसको अवसरमा मुलुक र जनतालाई शिरमा राखेर हिड्ने प्रेरणा सबै राजनीतिकर्मीमा जागोस् यही शुभकामना।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.