Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भारतीय दूतावासको क्याम्प अफिसमा बम पडकाउने विप्लव समूहका दुई जना पक्राउ

Loading

विराटनगर।  विराटनगरस्थित भारतीय दूतावासको क्याम्प अफिसमा बम पड्काएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुबैलाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मोरङ वेलवारी—४का उदय राई र ताप्लेजुङ थुकिमा—७का भीम लिम्बु रहेका छन्। दुबै माओवादीको विप्लव समूहका कार्यकर्ता भएको मोरङ प्रहरीले जनाएको छ। दुवैलाई  विराटनगर १ बाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख अरुण विसीले जानकारी दिए।

पक्राउ परेकालाई बम ऐनअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको विसीले बताए। बम विष्फोटमा अरु पनि संलग्न रहेकाले उनिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत वैशाख ३ गते विराटनगरस्थित भारतीय दूतावासको क्याम्प अफिसमा बम विष्फोट हुँदा क्याम्पको पर्खालमा सामान्य क्षति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.