Breaking News.... EverestOnlineKhabar
October 2, 2026

एक्शनमा शेरधन :प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा सर्वदलीय छलफल

Loading

विराटनगर  । प्रदेश नम्बर–१ को नामाकरण र स्थायी राजधानीका विषयमा छलफल थालिएको छ । प्रदेश सरकार गठन भएको दुई महिनापछि औपचारिकरुपमा यो विषयमा छलफल चलाइएको हो ।

गत फागुन ३ मा सरकार बनेपनि मुख्यमन्त्री शेरधन राईले बिहीबार संसदीय दलका नेताहरुलाई बोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानीलगायतका विषयमा छलफल गरेका हुन् । प्रदेश सरकारको नामाकरण र स्थायी राजधानीको विषयले प्रदेशसभामा भने प्रवेश पाएको छैन ।

मुख्यमन्त्रीको आवास रहेको राष्ट्रिय वाणिज्य बैंकको हलमा भएको सर्वदलीय बैठकपछि मुख्यमन्त्री राईले छिट्टै प्रदेशको नामाकरण र स्थायी राजधानीकाबारेमा टुंगो गरिने बताए ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका विषय प्रदेशसभाबाट छिट्टै टुंग्याउनुपर्ने भएकाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतासँग छलफल गरिएको उनले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed