![]()
काठमाडौं । पार्टी एकताका सम्बन्धमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच आज भएको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।
विवादित तीन विषय टुंग्याउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा झण्डै ३ घण्टा एक्लाएक्लै वार्ता भएको थियो ।
जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान धारणा बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल वार्ता बसेका थिए । एकता संयोजन समितिको बैशाख ४ गतेको बैठकले विवादित विषय टुङ्ग्याउने जिम्मा दुई शीर्ष नेतालाई दिएपछि उनीहरुबीच वार्ता भएको हो ।
शीर्ष नेताबीच विवादित विषयमा सहमति जुटेपछि मात्र एकता संयोजन समितिको बैठक बोलाउने निर्णय ४ बैशाखमा भएको थियो । उनीहरुबीच विवादित विषयमा अझै सहमति नजुटेपछि एकता सयोजन समितिको बैठकको पनि टुंगो लाग्न सकेन ।


