![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस हारदेखि गुटउपगुटससम्मका सबै दोष आफ्नो टाउकोमा थोपरेको बताएका छन्।
नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीको त्रिचन्द्र कलेजमा आयोजति बृहत् शुभकामना आदानप्रदान एवं जलपान समारोहलाई सम्बोधन गर्दै देउवाले उक्त भनाइ राखेका हुन्। देउवाले दोष अाफूमाथि आएकोले मिलाएर लाने प्रतिवद्धतासमेत जनाए। विवाद अन्त्यका लागि केन्द्रीय समिति जारी रहेको उल्लेख गर्दै उनले चाँडै समस्या समाधान हुने विश्वास आफूले लिएको बताए।
कार्यक्रममा उनले नेपालमा कम्युनिस्ट सरकारले अधिनायकवाद ल्याउने प्रयासमा लागेकोले यसको विरोधमा नेविसंघ लाग्न आग्रहसमेत गरे।


