Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सामाजिक संजालमा अश्लील सामग्री देखिन थालेपछि समस्या

Loading

एजेन्सी । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको छ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर गम्भीरतापूर्वक यो बिषयमा अनुसन्धान गरेको छ ।

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क विच्याटको १२६ ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पूर्वी चीनको जिआङसु प्रान्तमा पर्ने एक ठाउँमा अश्लील दृश्य प्रत्यक्ष प्रसारण गरिरहने रङ्गमञ्चबाट पछिल्लो समय ५२ जनालाई पक्राउ गरिएको छ।

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क वि च्याट तथा क्यूक्यूको १२६ ओटा ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ। यस्ता काममा संलग्नहरूले मासिक लाखौं अमेरिकी डलर बराबरको रकम अवैध रुपमा कमाउने गरेको पाइएको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूले अश्लील सामग्रीहरूको प्रत्यक्ष प्रसारणमा अधिकांश सांसदहरू नै संलग्न रहेको पाइएको भएपनि इन्टरनेट प्रोटोकल ठेगाना तथा सामाजिक सञ्जालमा प्रयोग भएका नाम तथा अन्य विवरण उनीहरूले परिवर्तन गरी सजायबाट उम्किने गरेका पाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed