![]()
बीबीसी । एअर चाइनाको विमानमा एक यात्रीले चालकदलका एक सदस्यलाई कमल देखाइ धम्की दिएपछि विमान हेनान प्रान्तको विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ ।
चीनको बेइजिङबाट चाङसाका लागि उडान भरेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्ने्बित्तिकै ती यात्रीले फाउन्टेन पेन देखाइ चालकदलका सदस्यलाई धम्की दिएका थिए । लगत्तै पाइलटले विमानलाई आपत्कालीन अवतरण गरेका थिए । त्यसपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।
हेनानको विमानस्थलमा आपत्कालीन अवतरण गरेको सो विमानले केही घन्टापछि फेरि उडान भरेको थियो ।
पक्राउ पर्ने व्यक्ति ४१ वर्षका छन् । उनी मानसिक रोगी भएको जनाइएको छ


