Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । १८ बर्षअघि फिल्म ‘बेटा’ को धकधक करने लगा…बोलको गीत निकै चर्चित थियो । फिल्म पनि निकै हिट भयो । फिल्म गीत र यसको कथाले मात्र हिट भएको थिएन, यसका मुख्य पात्रका कारण पनि ‘ब्ल्कबस्टर’ भयो । मुख्यपात्र थिए अनिल कपुर र माधुर दीक्षित ।

१८ बर्षपछि यो जोडी पुनः पर्दामा देखिने भएको छ । फिल्म ‘बेटा’ निर्देशक इन्द्र कुमारले यो जोडीलाई पुनः एकसाथ राखेका हुन । उनको कमेडी फिल्म ‘टोटल धमाल’ मा माधुरी र अनिल कपुरको बबालको कमेस्ट्री देख्न सकिनेछ ।

फिल्मको मुम्बईबाट सुटिङ सुरु भैसकेको छ । निर्देशक इन्द्र कुमार भन्छन, ‘हामी तीन जना फिल्म ‘बेटा’ पछि एकसाथ काम गरिरहेका छौं । आफ्नो ब्लकबस्टर जोडीसँग दोर्होयाएर काम गर्न पाउँदा म अत्यन्त खुशी छु । उनीहरु यो फिल्ममा पति पत्नीको भूमिकामा छन् ।’
अजय देवगण अशरद वारसी, जावेद जाफरी, रितेश देशमुख लगायतले पनि यो फिल्ममा अभिनय गरेका छन् । अनिल माधुरीले फिल्मका लागि १५ दिनसम्म सुटिङ गर्नेछन् ।

टोटल धमाललाई अजय देवगण, मारुती र फक्स स्टार स्टुडियाृजले निर्माण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed