Breaking News.... EverestOnlineKhabar
October 3, 2026

प्रधानमन्त्रीद्वारा रारा-कर्णाली पर्यटन वर्षको उद्घाटन

Loading

मुगु ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रारा-कर्णाली पर्यटन वर्षको उद्दघाटन गरेका छन्।

मुगुमा आयोजित पर्यटन वर्षको उद्घाटन कार्यक्रममा क्रममा प्रधानमन्त्री ओलीले देशका कुनै पनि गाउँ दुर्गम, अशिक्षित, अविकशित हुन नदिने र कोही जनता अब भोकै बस्नु नपर्ने बताए।

प्रधानमन्त्री ओलीले पर्यटन विकासका लागि कर्णाली प्रदेशको हवाई विस्तार गर्नुका साथै यो प्रदेश जडीबुटीको प्रदेश भएको भन्दै अर्ग्यानिक प्रदेशका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नाङमा गमगडी सडक कालोपत्रे गर्ने, सुर्खेतबाट सबै जिल्लामा हवाई सेवा सञ्चालनका लागि काम गर्ने, कर्णाली करिडोर बनाउने र हुम्लालाई छिट्टै मोटरबाटोले जोड्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed