![]()
एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) मा परेका एकमात्र नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्सको तेस्रो खेलमा पनि प्लेइङ एघारमा पर्न सकेनन ।
दिल्लीले २० लाख भारतीय रुपैयाँमा सन्दिपलाई खरिद गरेपनि अहिलेसम्म खेलमा मौका दिएको छैन ।
गौतम गम्भीरको कप्तानीमा रहेको दिल्ली लगातार दुई खेल गुमाएपछि दबाबमा छ । अमित मिश्रा र सन्दिप दुवैजना लेग स्पिनर भएपनि पछिल्ला दुवै खेलमा अमित पनि पर्न सकेका छैनन । पहिलो खेलमा खराब प्रदर्शन गरेपछि अमित पनि टिममा परेका छैनन । अमित नपर्दा सन्दिपले मौका पाउने अनुमान गरिएको थियो, तर दिल्लीको लगातार तेस्रो खेलमा समेत सन्दिप पर्न सकेनन । लिग चरणका लागि अझै थुप्रै म्याच बाँकी रहेकाले कुनै न कुनै म्याचमा उनले मौका पाउने अपेक्षा गरिएको छ ।
सन्दिप नेपाली राष्ट्रिय टोलीका भेट्रान स्पीनर हुन ।


