Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

चितवन । चितवन पुगेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हरेकजसो आफ्ना भाषणमा बाँदरमुढे घटना जनयुद्धमा भएको आफ्नो पार्टीको ठूलो गल्ती रहेको दोहोर्याउँछन् । यसरी गोहीको आँशु चुहाउने उपक्रमलाई निरन्तरता दिँदै उनले शनिवार पनि बाँदरमुढे घटना महागल्ती भएको र माडीका पीडितको आँशु पुछेन आफू लागिपर्ने कसम खाए ।

बाँदरमुढे सहयोग समितिले माडीमा गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढेपीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको दोहोर्याए । अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने भन्दै फकाउने प्रयास पनि गरे ।

बाँदरमुढेपीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीनबुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको दाबी उनले गरे। यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनको कथन थियो ।

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed