Breaking News.... EverestOnlineKhabar
October 3, 2026

बुद्ध जयन्ति मनाउन राष्ट्रपति, प्रधानमन्त्री लुम्बिनी जाने

Loading

काठमाडौं ।  सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने भएको छ। दुई हजार ५ सय ६२ औं बुद्ध जयन्तिको अवसरमा आगामी बैशाख १५-१७ गते सम्म लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन हुन् लागेको हो। बुद्ध जयन्ति र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउन लुम्बिनीमा राष्ट्रपति बिद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, १५ देशका संस्कृति मन्त्री, २३ देशका बौद्ध सँग संस्था लगायत रिम्पोछे, बौद्ध गुरु, भिक्षु, लगायतको सहभागिता हुने छ।

सम्मेलनमा संस्कृति तथा सम्पदा सम्बन्धि प्राज्ञिक व्यक्ति र अनुसन्धानकर्ताले कार्यपत्र पेश गर्ने छन्।  राष्ट्रपति भण्डारीले बुद्ध जयन्ति समारोह र प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्ने छन्।

बौद्ध सम्मेलन र  २ हजार ५ सय ६२ औं बुद्ध जयन्तिको नारा  ‘लुम्बिनी नेपाल- भगवान् गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्म र बिश्व शान्तिको प्रमुख स्थल’  रहेको छ।

विश्व सम्पदा सूचीमा सुचिकृत शान्तिका प्रवर्तक शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्न सम्मेलन आयोजना गर्न लागेको पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले गत फागुन २८ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय सम्मेलनको माध्यमबाट सरकारले सम्मेलनको नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, लुम्बिनी विकास क्षेत्रलाई बौद्ध धर्मको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकास गर्ने, लुम्बिनीलाई अन्तरधार्मिक र शान्ति संवाद केन्द्रको रुपमा विकास गर्ने, लुम्बिनीलाई बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्ने र धार्मिक पर्यटनको प्रवर्धन गर्ने लक्ष्य राखेको छ।

कार्यक्रम सम्पन्न गर्न प्रधानमन्त्री ओलीको अध्यक्षतामा ५ सय ६२ सदस्यिय मूल समारोह समिति गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed