![]()
काठमाडौं । सरकारले नयाँ आइजीपीमा सर्वेन्द्र खनाललाई नियुक्त गरे लगत्तै प्रहरी महानिरीक्षक प्रकाश अर्याल बिदा भएका छन ।
अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारबाट अवकाश पाएका हुन । नेपाल प्रहरीका वर्तमान महानिरीक्षकसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका हुन ।
सरकारले मंगलबार बेलुकी नियुक्त गरेका नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बिहीबार दज्र्यानी चिहृन (फुली) प्राप्त गर्ने भएका छन् । गृहमन्त्रालयमा एक समारोहका बीच बिहान ८ बजे उनीहरुलाई गृह सचिव प्रेमकुमार राईले फुली लगाइदिने कार्यक्रम छ ।
नयाँ आइजीपीमा खनाल नियुक्त भएसंगै डिआइजी रमेश खरेलले भने पदबाट राजीनामा दिएका छन । उनले अपमानित भएर नबस्ने भन्दै पदबाट राजीनामा दिएका हुन । उनको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरिसकेको छ ।


