Breaking News.... EverestOnlineKhabar
August 18, 2026

अल्जेरियामा सैनिक बिमान दुर्घटना, २५७ जनाको मृत्यु, तत्काल अनुसन्धान थाल्न आदेश

Loading

बीबीसी । चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो । इल्युशिन २–७६ विमानमा यात्रारत अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेका र दुर्घटनामा सम्पूर्ण व्यक्तिको निधन भएको अल्जेरियाली अधिकारीले जनाएका छन् ।

घटनास्थलमा पुगेकाहरुले बोफारिक हवाई शिविर नजिकै विमान जलेर ध्वस्त भएको अवस्थामा देखेको बताएका छन् । अल्जाएर्सको दक्षिणपश्चिमी क्षेत्रबाट घटनास्थलतर्फ सयौँ एम्बुलेन्स तथा दर्जनौँ दमकल साइरनसहित गएका प्रत्यक्षदर्शी बताउँछन।

अल्जेरियाका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गरी विमानमा यात्रारत १० जना चालक दलका सदस्यसहित २४७ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।

उपरक्षामन्त्री जनरल अहमद गाइद सालेहले विमान दुर्घटनास्थलमा पुगी घटनाको विवरण लिएको रक्षा मन्त्रालयले बताएको छ ।
अल्जेरियाको कोन्सटेन्टाइनमा यस पहिले सन् २०१४ को फेब्रुवरीमा भएको विमान दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो भने सोही बर्ष जुलाईमा भएको अर्को अल्जेरियाली विमान दुर्घटनामा ११६ जनाको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.