Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सको दोस्रो खेलमा पनि नेपाली युवा स्पिनर सन्दिप लामिछाने परेनन । पहिलो खेलमा पराजय बेहोरेको दिल्लीले दोस्रो खेलमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेक्रममा सन्दिपलाई छनोट गरेन । यसअघि दिल्लीले आफनो पहिलो खेलमा पनि सन्दिपलाई छानेको थिएन ।

दिल्ली पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबसँग ६ विकेटले दिल्ली पराजित भएको थियो । यता, राजस्थान सनराइजर्स हैदराबादसँग ९ विकेटले पराजित भएको थियो ।

चार विदेशी खेलाडी मैदान उतार्न मिल्ने खेलमा दिल्लीले दिल्लीको विदेशी खेलाडीमा कुलिन मुनरो, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ड र क्रिस मोरिसलाई टिममा राखेको छ । गत फेब्रुअरी २७ र २८ तारिखमा भएको आईपीएलको अक्सनबाट सन्दीपलाई दिल्लीले २० लाख भारु बेस प्राइजमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।

यू – १९ टोलीका कप्तान समेत रहेका सन्दीप आईपीएल टिम दिल्लीमा आबद्ध भएसँगै सन्दीपको चर्चा चुलिएको थियो । यु–१९ विश्वकप क्रिकेटमा ह्याट्रिक विकेट समेत लिएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.