Breaking News.... EverestOnlineKhabar
August 30, 2026

मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’, दशैंअघि काठमाडौंमा पानी ल्याउने लक्ष्य

Loading

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो । ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने बिहीबार राखिएको छ ।

२६ किमि लामो सुरुङ खन्ने कार्य सम्पन्न भएको र हेडवर्क्सको मुख्य संरचना, भेन्ट साफ्ट तथा सुरुङको फाइनल फिनिसिङ गर्ने कार्यहरु बाँकी रहेको भए पनि आगामी केही महिनाभित्रै ती कार्यहरु पूरा हुनेछन ।

विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा आयोजना निर्माणमा लगानी जुटाउने गरी विसं २०५५ मा मेलम्ची खानेपानी विकास समिति स्थापना भएपश्चात् आयोजनाको विस्तृत अध्ययन, जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाका मुख्य संरचनाहरुको निर्माण सुरु गरिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ ।

जुलाईभित्र सबै काम सक्ने, त्यसको एक महिना परीक्षण गर्ने र अगस्टभित्र पानी ल्याउने योजना छ । उपत्यकाको खानेपानी अभाव हटाउन दैनिक ५१ करोड लिटर आपूर्ति गरिने लक्ष्य राखिएको छ । खानेपानी मन्त्री विना मगरले यसअघि दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी प्रयोग गर्न पाउने दावी गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.