Breaking News.... EverestOnlineKhabar
June 28, 2026

फेसबुकले डाटा लिक भए अब प्रयोगकर्तालाई जानकारी उपलब्ध गराउने

Loading

एजेन्सी । फेसबुकले आफना प्रयोगकर्तालाई अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्रदान गर्ने भएको छ । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भए त्यस सम्बन्धी जानकारी तत्काल उपलब्ध गराउने घोषणा गरेको हो ।

फेसबुकले क्याम्ब्रिज एनालिटिकासँग डाटा शेयर भएका करीब ८ करोड ७० लाख प्रयोगकर्तालाई पनि एक विस्तृत सन्देश तथा न्यूज फिड उपलब्ध गराइने जनाएको छ ।

फेसबुकका अनुसार डाटा लिकबाट प्रभावित सबैभन्दा धेरै प्रयोगकर्ता अमेरिकाका रहेका छन जसको संख्या ७ करोड रहेको छ ।
फेसबुकले अब डाटा लिकबाट प्रभावित प्रयोगकर्तासँगै सबै २.२ अर्ब फेसबुक प्रयोगकर्तालाई प्रोटेक्टिंग योर इन्फर्मेसन नामक एक सन्देश एउटा लिंकसँगै पठाउनेछ । त्यसमार्फत प्रयोगकर्ताले कुन एप प्रयोग गर्दछन् र ती एपमा के जानकारी शेयर गरिएको छ भन्ने जानकारी प्राप्त हुनेछ ।

स्मरणरहोस् विश्वमा हालै सार्वजनिक फेसबुक डाटा लिकबाट करीब ८ करोड ७० लाख प्रयोगकर्ता प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.