![]()
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपाल आइतबार सुटुक्क चीन प्रस्थान गरेका छन्।
प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा रहेकाबेला नेता नेपाल चीन गएका हुन । फर्स्ट सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ’प्रोमोटिङ रिजनल पिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ मा भाग लिने बाहनामा नेता नेपाल चीनतर्फ गएका हुन्।
पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ’एड्भान्सिङ स्ट्राटेजिक कोअर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्स्प्लोरिङ रिजनल कोअपरेसन’का विषयमा बोल्नेछन्।
कार्यक्रममा नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरुको सहभागिता रहनेछ। पूर्वप्रधानमन्त्री नेपालका साथमा नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि सहभागी छन्। चारदिने भ्रमणपछि नेता नेपाल स्वदेश फर्किने कार्यक्रम छ।


