Breaking News.... EverestOnlineKhabar
June 6, 2026

बिश्वकप जिते कोहली इङल्याण्डमा अर्धनग्न भएर घुम्नेछन : गांगुली

Loading

एजेन्सी । भारतीय क्रिकेटका पूर्व कप्तान सौरम गांगुलीले आउँदो बिश्वकप भारतले जित कप्तान विराट कोहली अर्धनग्न भएर इंग्ल्याण्डको अक्सफोर्ड सडकमा घुम्ने बताएका छन ।

गांगुलीले भने, ‘म ग्यारेण्टीका साथ भन्न सक्छु, यदि कोहलीको कप्तानीमा २०१९ को विश्वकप जिते उनी ’सिक्स प्याक’का साथ ट्रफी लिएर बिनाकमिज ’अक्सफोर्ड स्ट्रीट’मा घुम्ने छन ।’

गांगुलीले थप अघि भने ‘उनलाई साथ दिन हार्दिक पाण्डे सडकमा आउनेछन्।’ यो कुरामा सहमति जनाउँदै कप्तान कोहलीले पनि भने, ‘यो एक सय २० प्रतिशत सत्य हो, यसमा मेरोमात्र ’सिक्स प्याक’ छैन, हार्दिक र जसप्रित बुम्राहको साथ रहनेछ।’

एक पुस्तक विमोचन कार्यक्रममा भारतीय कप्तान विराट कोहली र पूर्व क्रिकेटर सौरभ गांगुली एकसाथ रहेका थिए। १२ औं संस्करणको आईसीसी वान डे विश्वकप आगामी वर्षको मे ३० देखि जुलाई १४ सम्मा इंग्ल्याण्डमा हुँदैछ। विश्वका १० देश समावेश रहने प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड र वेष्ट इण्डिज सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed