Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

बुटवल,चैत ।
बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । बुटवल उप – महाननगरपालिका , सिद्धार्थनगर नगरपालिका , तानसेन नगरपालिका र परासी नगरपालिकाका दमकल , नेपाली सेना , ससस्त्र प्रहरी , नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणमा आए पनि क्षतिको पुरा विवरण आउन समय लाग्ने बताइएको छ । बिहान पाँच बजेदेखि सुपर मार्केटको सबैभन्दा माथिको तल्लाबाट आगो लाग्न सुरु भएको थियो । आगलागी भएको भाटभटेनीको मुख्यमन्त्री शंकर पोखरेलले अवलोकन गरेका छन् ।
गएको बैशाखबाट बुटवलमा भाटभटेनी सुपरमार्केटले आफ्नो व्यवसाय सुरु गरेको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed