Breaking News.... EverestOnlineKhabar
June 6, 2026

सरकारको कामप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै असन्तुष्ट

Loading

काठमाडौ,चैत ।
वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् ।
प्रेस सेन्टरका पदाधिकारीसंग अध्यक्ष प्रचण्डले भनेः‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न, सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघिबढ्नुपर्ने देखिन्छ ।’
दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएनन् । तर, उनले सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन विधि बनाएरै अघि बढ्नुपर्नेमा भने जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयका रूपमा बिहीबार साँझ ३० सचिवको सरुवा गरेका थिए ।
कुनै पनि मन्त्रीहरूसँग सुझाव र छलफल नै नगरी सचिवहरूको सरुवा भएको भन्दै एमाले–माओवादी दुवै पार्टीबाट सरकारमा सहभागिता जनाउने मन्त्रीहरू नै सचिव सरुवाको विषयमा असन्तुष्ट छन् । स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले अध्यक्ष दाहालसँग भेटेर सचिव सरुवाबारे असन्तुष्टि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed