![]()
एजेन्सी । बलिउड अभिनेता सलमान खान ५० हजार धरौटीमा जेलमुक्त भएका छन । उनलाई जमानतमा रीहा गरिएको हो । उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए।
कालो हरिणको २० वर्षपहिले शिकार गरेको अभियोगमा बिहीबार ५ वर्षका लागि जेल चलान गरिएका सलमानको अपीलमा शनिबार सुनुवाइ गर्दै जोधपुरको एक अदालतले उनलाई रिहाइ गर्ने फैसला गरेको हो। सलमानलाई ५० हजार धरौटीमा रिहाइ गरिएको हो।
जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्। सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो ।
सलमानलाई भविष्यमा अदालतले भनेको बेला उपस्थित हुन भनिएको छ। सलमानले जमानत पाएपछि उनका फ्यानहरूमा खुशी छाएको छ।
सलमान दुईवटा काला हरिणको सिकार गरेको अभियोगमा लामो समयदेखि कानुनी झमेलामा रहदै आएका छन्।


