![]()
चितवन । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ ।
चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको बताउनुभयो । उहाँले शान्ति र स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर मुलुकलाई लैजान खोज्ने प्रयास स्वीकार्य नहुने बताउँदै बिप्लवलाई नियन्त्रण गर्ने दृढता व्यक्त गर्नुभयो ।
गृहमन्त्रालयले केही दिनअघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उहाँले विकास, समृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले वैशाखको दोस्रो सातासम्ममा दुई कम्युनिष्ट पार्टी एक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने विचार पनि व्यक्त गर्नुभयो ।


