Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

भैरहवा,चैत ।
प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि अर्यालले आत्महत्या गरेका छन्। विगत केहि समयदेखि डिप्रेसनबाट पीडित अर्यालले सुसाइड नोट लेखेरै भैरहवास्थित सरकारी क्वाटरमा आत्महत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जनाएका छन् ।
उनलाई आफ्नै कार्यालयको क्वाटरमा पंखा भुण्डाउने फलामको कुण्टीमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। चितवन जिल्ला भरतपुर महानगरपालिका–११ जाग्रिती चोक स्थायी घर भएका अर्याल करिब २ सातादेखि भैरहवा बस्दै आएका थिए।
मंगलबार दिउँसो २ बजेतिर बिरामी छु भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथिहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए। घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगको प्रहरीको टोलीले मृतक अर्याललाई पोष्टमार्टमका लागि राति नै भैरहवास्थित भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
गत वर्ष दाउन्नेमा भएको सवारी दुर्घटनामा परी छोरीको मृत्यु भएपछि उनी डिप्रेसनमा परेको बुझिएको छ। प्रहरीले अर्यालको शवलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed