Breaking News.... EverestOnlineKhabar
June 5, 2026

संघीय संसदको अधिवेशन अन्त्य, चिकित्सा शिक्षा अध्यादेश पारित

Loading

काठमाडौं । संघीय संसद(प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ । संसदको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।

संसद सुरु भएयता ९ दिन बैठक बस्यो । यो बीचमा संसद बैठकले सभामुख र उपसभामुख चयन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि लिनुभयो । साथै तीन अध्यादेश समेत पास भए । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास
प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेश पास भएसंगैसंघीय संसदको अधिवेशन अन्त्य भएको छ ।
सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश निर्णायार्थ पेश गरेका थिए, जसलाई बहुमतले पास गरेको थियो ।

त्यसअघि नमेकिपाका सांसद प्रेम सुवालको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed