![]()
एजेन्सी । अष्ट्रेलियासँगको टेष्ट सिरिज क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । अन्तिम तथा चौथो टेष्ट खेलमा अष्ट्रेलियालाई ४९२ रनको भारी अन्तरले पराजित गर्दै घरेलु टोली दक्षिण अफ्रिकाले सिरिज ३–१ ले जितेको हो ।
६१२ रनको विशाल योगफल पछ्याउँदै दोस्रो इनिङ्सको ब्याटिङ थालेको अष्ट्रेलियाले खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
अष्ट्रेलियाका लागि जोई बुन्र्सले ४२, पिटर ह्यान्डस्कोबले २४ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिएपछि अष्ट्रेलिया लज्जास्पद हारको सिकार बनेको हो । अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भर्नन फिलेन्डरले ६ विकेट लिए ।
दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३३४ रन बनाएपछि अष्ट्रेलियाले ६१२ रनको चुनौती पाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ् डु प्लेसिस्ले १२० रन बनाएका थिए ।
पहिलो इनिङ्समा अष्ट्रेलियाले २२१ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४८८ रन बनाएको थियो ।


