![]()
एजेन्सी । कुनै समय भारतीय फिल्म उद्योगमा संघर्ष गरिरहेका राहुल राय आशिका फिल्मबाट रातारात स्टार भए । त्यसको डेढ दशकपछि आदित्यरोय कपुर पनि ‘आशिकी २’ बाट स्टार भए । यही फिल्मबाट डेब्यु गरेकी श्रद्धा कपुर पनि सफल भइन ।
ऋहिले ‘आशिकी ३’ आउने तयारी भएको छ । फिल्मको फिमेल लिडमा आलिया भट्ट फाइनल भएको समाचार आइरहँदा उनको जोडीको रुपमा सिद्धार्थ मल्होत्रालाई विशेष फिल्मले लिन लागेको खबर थियो्। तर पछिल्लो समाचार अनुसार सिद्धार्थ हैन, विशेष फिल्मले वरुण धवनलाई लिन लागेको छ।
वरुण र आलियाको जोडी भारतीय फिल्म उद्योगमा सफल हुँदै आएको छ । उनीहरुले अभिनय गरेका ‘स्टुडेन्ट अफ दि इयर’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ र ‘बद्रिनाथकी दुल्हनियाँ’ तीनै फिल्म सुपरहिट भएका थिए ।
आशिकी ३ मा पनिसंगीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । पहिलो आशिकीलाई महेश भट्टले निर्देशन गरेका थिए भने दोस्रोलाई मोहित सुरीले। तेस्रो भाग पनि उनलै निर्देशन गर्ने विशेष फिल्मस्ले जनाएको छ।


