![]()
काठमाडौं । चक्रपथ हुँदै बनेपासम्म सञ्चालित मयूर यातायातलाई रोक्नकै लागि कोटेश्वरपूर्वका यातायात व्यवसायीको सञ्जालले काभ्रेका सबै ग्रामीण रुटको सबै बससेवा बन्द गराएको छ ।
काभ्रे बस समिति र काभ्रे मिनीबस समितिले बनेपा र पनौतीलाई केन्द्र बनाएर जिल्लाका ग्रामीण भेगसम्म पुग्ने बस र मिनीबसलाई सञ्चालन नगर्न आदेश दिएका थिए।
मयूरको बाटो इजाजत पत्र (रुट परमिट) खारेज नगरेसम्म ग्रामीण भेगमा गाडी सञ्चालन नगर्ने धम्की दिँदै उनीहरुले सेवा बन्द गरेका हुन्।


