Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उत्तर कोरियाली नेता किमले गरे ‘ के–पप कलाकारहरुको प्रदर्शन’

Loading

बीबीसी । उत्तर कोरियाली नेता किम जोङ अन र उनकी श्रीमतीले प्योङ्याङमा आयोजित एक समारोहमा दक्षिण कोरियाका ‘के पप’ कलाकारको प्रदर्शन हेरेका छन्।

किमले दक्षिण कोरियाका कलाकारको प्रदर्शन हेरेपछि अरू ले जस्तै थपडी बजाएका थिए। कार्यक्रम सकिएपछि उनले कलाकारहरूसँग कुराकानी गर्दै तस्बिर खिचेका थिए ।

कलाकारहरूको दशककै पहिलो भ्रमण विभाजित कोरियाली प्रायद्वीपका दुई देशका नेताहरूबीच शिखर वार्ताको तयारी चल्दै गर्दा भएको हो। दुई कार्यक्रमहरूमा गरी प्योङ्याङमा ११ वटा सांगीतिक कार्यक्रम गर्ने योजना छ।

यसअघि उत्तर कोरियाले दक्षिण कोरियाको प्योङ्चाङमा शीतकालीन ओलिम्पिक्समा आफ्ना कलाकारहरू पठाएको थियो । महिनौँको तनावपछि दुई कोरियाबीचको सम्बन्ध सुधार हुँदै गर्दा कलाकारहरूको भ्रमण भएको हो। ’स्प्रिङ् इज कमिङ्’ अर्थात् ’वसन्तको आगमन हुँदैछ’ नाम दिइएको सांगीतिक कार्यक्रम आइतवार प्योङ्याङको ग्रान्ट थिएटरमा भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छ्न्।

दक्षिण कोरियाको योन्हाप समाचार संस्थाका अनुसार दक्षिण कोरियाली कलाकार समूहको कार्यक्रम हेर्ने किम उत्तर कोरियाका पहिलो नेता हुन्। कार्यक्रममा किमकी बहिनी किम यो जोङ र प्रभावशाली नेता किम योङ नाम पनि उपस्थित थिए।

किमले “कार्यक्रमलाई निकै अभिरुचिपूर्वक हेरेको र गीत र तीनको अर्थबारे प्रश्न गरेको“ दक्षिण कोरियाका संस्कृति मन्त्री दो जोङ ह्वानले पत्रकारहरूलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed