Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डीपीएल क्रिकेटमा रूपन्देहीमाथि अत्तरियाको शानदार ९ विकेटको जित

Loading

कैलाली । कैलालीमा जारी डीपीएल क्रिकेटमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ । सीवाईसी अत्तरियाले रूपन्देहीलाई ७. ३ ओभरमै हराएको हो । अत्तरियाले ६२ रनको लक्ष्य ७. ३ ओभरमा ६५ रन बनाउँदै पूरा गरेको हो ।

अत्तरियाका कप्तान सुवास खकुरेल १९ रन बनाइ आउट भए भने गौरव चित्तकारा ३० र प्रेम तामाङ १४ रनमा नट आउट रहे ।
यसअघि टस जितेर व्याटिङ रोजेको रुपन्देही १५.२ ओभरमा ६२ रन बनाएर अल आउट भएको थियो ।

रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सीवाईसीका कमलसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चँदै ४ विकेट लिए भने सुभांकर उराउले २.२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए । उनले जम्मा ७ रन मात्रै खर्चिए ।

रुपन्देहीको तर्फबाट सुफियाल मुहम्मदले सर्वा्धिक २० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रदीप ऐरी सागर पुन र सुशन भारी शुन्यमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed