Breaking News.... EverestOnlineKhabar
August 12, 2026

कांग्रेस नेता खड्काप्रति बिभिन्न दलका नेताहरुद्वारा श्रद्धाञ्जली व्यक्त, पाँच दिन देशभर कांग्रेस कार्यालय बन्द

Loading

काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काप्रति बिभिन्न दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आइतबार बिहान सानेपास्थित खड्काको निवास र दिउँसो पार्टी कार्यालय सानेपा पुगी उहाँहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, सभामुख कृष्णबहादुर महरा, कांग्रेस नेता कृष्ण सिटौला, शेखर कोइराला, बिमलेन्द्र निधि, डा.प्रकाशशरण महत, शंकर भण्डारी लगायतका नेताहरुले खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सबै नेताहरुले खडकासंगका दिनहरु स्मरण गर्दै आत्मबल बलियो बनाउन परिवाजनलाई ढाडस दिनुभएको थियो ।

नेपाली कांग्रेसले खड्काको निधनको शोकमा ५ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभरीका पार्टी कार्यालयहरु ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । बैठकले ७ दिन पार्टीको झण्डा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा देशैभरी श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो ।

२००८ जेठ २ गते जन्मेका कांग्रेस नेता खड्काको चैत १६ गते बेलुकी सवा ५ बजे भारतको नयाँ दिल्लीस्थित अल ईन्डिया मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed