![]()
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा अन्तिम एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको छ ।
२–० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक–एक गोल फर्काएका थिए ।
सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको १४ मिनेटपछि मुरिएलले अर्को गोल गरेपछि सेभिल्लाले २–० को अग्रता लियो ।
त्यसपछि दबावमा परेको बार्सिलोनाका लागि ८८ औं मिनेटमा स्वारेजले एक गोल गरे । त्यसको एक मिनेटपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्को एक गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।
बार्सिलोनाले यो सिजनको ला लिगामा हार व्यहोरेको छैन । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिडको ६४ र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ६३ अंक छ ।


