Breaking News.... EverestOnlineKhabar
June 4, 2026

राजनीतिक परिवर्तनमा योगदान र्पुयाएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने : राष्ट्रपति

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान र्पुयाएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ । शनिबार १०९ औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राईलगायत राजनीतिक परिवर्तनमा योगदान र्पुयाएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउने श्रेय राईलाई पनि जाने उल्लेख गर्नूभयो । उहाँले भन्नुभयो, “ मुलुकका लागि योगदान गरेका र ओझेलमा परेका व्यक्तिको साहित्य र लेखनबाट खोज अनुसन्धान हुनु राम्रो हो ।”

राईको योगदान बिगतमा कसैले बुझेन : मुख्यमन्त्री राई
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले चिन्ने धारणा राख्नुभयो ।

उहाँले विसं २००७ मा र्पुयाएको योगदानका आधारमा राज्यले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्टलाई पुरस्कार वितरण गर्नुभएको थियो । रामप्रसाद राई विसं १९६५ फागुन ८ गते भोजपुरमा जन्मिनुभएको थियो । उहाँ विसं २००८ सालमा बेपत्ता हुनु भएको थियो । विभिन्न अध्ययनले उहाँको राज्यपक्षबाट हत्या भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed