![]()
एजेन्सी । जिम्बाबे क्रिकेट (जेडसी)ले आईसिसी विश्वकप क्वालीफायरमा गरेको खराब प्रदर्शनपछि कप्तान ग्रेम क्रेमरसहित पूरै कोचिङ स्टाफलाई बर्खास्त गरेको छ।
जेडसीले सबै पदमा रहेका सम्बद्ध अधिकारीहरुलाई शुक्रबार ३ बजेसम्ममा सबैलाई राजीनामा दिन निर्देशन दिएको थियो। तर, त्यस्तो नभएपछि संघले सबैलाई पदमुक्त गरेको हो। यसका साथै मुख्य कोच हिथ स्ट्रिक, ब्याटिङ कोच लांस क्लुनर, बलीङ कोच डग्लस होंडो तथा फिल्डिङ कोच वाल्टर चावागुटा, फिटनेस कोच सिन बेल तथा टिम एनालिस्ट स्टानले चिओजाको यात्रापनि समाप्त भएको छ ।
सन्यास तोडर टिममा फर्किएका ब्रेन्डम टेलरलाई नयाँ कप्तानको जिम्मेवारी दिइने सम्भावना रहेको छ। संघले यू १९ टिमका प्रशिक्षक स्टीफन मागोगो र ब्यान जेम्सका साथ टिम छनोट कमिटीका प्रमुख टटेंडा टायबूलाई पनि वर्खास्त गरेको छ।
जेडसीका कार्यकारी प्रमुख फैजल हसनेनले अब जिम्बाबे क्रिकेटमा नयाँ अध्यायको सुरुवात हुने घोषण गर्दै कसैलाई पनि छुट नहुने स्पष्ट पारेका थिए।


