Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरीकालाई रुसको जवाफः६० अमेरिकी कुटनीतिक कर्मचारीलाई देश निकाला

Loading

मस्को,चैत ।
रुसले अमेरिकाका ६० कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय गरेको छ । हालै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको जवाफमा रुसले पनि यो निर्णय लिएको हो । उसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने समेत निर्णय गरेको छ । ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न एक हप्ताको समय दिइएको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जस्तालाई तस्तै जवाफ दिइएको प्रतिक्रिया दिएका छन् । अमेरिकाले भने रुसको यस कदमले ऊ अरु देशसँग राम्रो सम्बन्ध चाहन्न भन्ने पुष्टि भएको जिकीर गरेको छ । रुसका एक पूर्व जासूसलाई दक्षिण इंग्ल्याण्डमा विष खुवाउन रुसको संलग्नता देखिएपछि यो घटनाक्रम विकास भएको हो ।

ब्रिटेनलाई साथ दिँदै २० भन्दा बढी देशले रुसी कूटनीतिज्ञलाई निकालेका छन् । अमेरिकाले यसै हप्ता ६० रुसी कूटनीतिक कर्मचारीलाई देश निकाला गर्नुका साथै सियाटलस्थित कन्सूलर कार्यालय बन्द गराएको थियो । विष काण्डपछि ब्रिटेनले पनि रुसमाथि केही प्रतिबन्ध लगाउनुका साथै २३ कूटनीतिक कर्मचारीलाई निष्काशन गरेको थियो । रुसले पनि यत्ति नै संख्यामा ब्रिटिश कर्मचारीलाई फिर्ता पठाउनुका साथै र ब्रिटिश काउन्सिल बन्द गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed