Breaking News.... EverestOnlineKhabar
June 4, 2026

८० वर्षपछि पहिलोपटक विश्वकपमा कुनै पनि ब्रिटिस अफिसियल सहभागि हुन पाएनन्

Loading

एजेन्सी,चैत ।
आगामी जुनदेखि रसियामा सुरु हुने विश्वकप फुटबलमा ब्रिटिस रेफ्रिको सहभागिता नहुने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको ३६ जना अफिसियलमा ब्रिटिसका कुनै पनि अफिसियल परेनन् ।
विश्वकप फुटबल इतिहासमा ८० वर्षपछि पहिलो कुनै पनि ब्रिटिस अफिसियल नपरेपछि रुसमा हुने विश्वकप फुटबलमा खेल खेलाउन नपाउने भएको हो । सन् १९३८ पछि यो पहिलो पटक भएको हो । फिफाले सार्वजनिक गरेको रेफ्रिहरूमा इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका कुनै पनि अफिसियल परेका छैनन् ।
फिफाले सार्वजनिक गरेको ६३ सहायक रेफ्रिमा पनि ब्रिटिसका कोही परेका छैनन् । सन् २०१६ को युरोकप पोर्चुगलले जित्दा फाइनल खेल खेलाएका मार्क क्लाटेनबर्गलाई अन्तिममा विश्वकपको लागि मौका दिईएको थियो । तर उनले पनि राजिनामा दिईसकेकाले उनको नाम नपरेको हो ।
उनको स्थानमा अर्को ब्यक्तिलाई राख्न ब्रिटिस फुटबल संघले फिफालाई आग्रह गरेपनि फिफाले अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed