![]()
एजेन्सी,चैत ।
पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ ।
त्यहाँ आएको ठूलो पहिरोले गाउँ नै बगाएको बीबीसीले जनाएको छ । केही ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । यसअघि गएको फागुन १४ गतेको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले थलिएको पपुवान्यूगिनीमा फेरि अर्को भूकम्प आएको हो ।


