Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डीपीएल क्रिकेटको तयारी पूरा…..

Loading

धनगढी,चैत ।
यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको‘रुस्लान धनगढी प्रिमियर लिग’(डीपीएल’ क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताए । नेपाली क्रिकेट टोलीका कप्तान एवं प्रतियोगितामा भाग लिने विराटनगर किंग्सका रणनीतिक खेलाडी पारस खड्काले प्रतियोगिताको आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको विकासमा योगदान पुग्ने बिश्वास व्यक्त गरे ।
धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदैछ । खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पिच र मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरु बस्नका लागि झण्डै सात हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताका लागि दुई महिनादेखि मैदानको व्यवस्थापन थालिएको थियो । दोस्रो संस्करणको यो प्रतियोगिताले आइसिसीको मान्यतासमेत पाएको छ । विभिन्न टोलीमा अनुबन्ध भएका खेलाडी धनगढी भित्रिने क्रम शुरु भएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी र कर्मचारीको बीमा गरिएको आयोजकले जनाएका छन् ।
देशको पहिलो अक्सन र सिटी बेस्ड फ्रेन्चाइजमा आधारित यो प्रतियोगितामा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत छ टोलीले भाग लिन लागेका छन् । कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख तेस्रो हुनेले रु तीन लाख र चौथो हुनेले रु दुई लाख पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed