Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । सरकारले आउँदो बैशाख १५ बाट देशभरबाट एनालग टीभी हटाउने तयारी तिब्र पारेको छ। सरकारले देश भरमै टेलिभिजनलाई डिजिटलाइज गर्न लागेको हो ।

सञ्चार मन्त्रालयले बुधवार मात्रै काठमाडौं उपत्यकामा एनालग माध्यमबाट प्रसारण भएका केवल अपरेटरको अनुगमन गर्दै बन्द गराएको थियो। सरकारले राष्ट्रिय प्रसारण नियमावलीलाई संशोधन गर्दै २०७४ वैशाख १५ देखि महानगरपालिका, कात्तिक १५ देखि उपमहानगरपालिका र नगरपालिकाबाट र आउँदो बैशाख १५ बाट एनालग प्रणालीमा प्रसारण भईरहेका टेलिभिजनलाई डिजिटल प्रणाली लैजाने निर्णय गरेको छ। तर गत बैशाखदेखि एनालग केवल संचालकको असहयोगका कारण सरकारले नियमावलीको प्रावधान कार्यान्वयन गर्न सकेको थिएन।

केहि एनालग अपरेटरले मुद्दा हालेर पनि डिजिटलाइजेसनको प्रक्रिया रोक्ने प्रयास गरेका थिए तर सर्वोच्च अदालतले फागुनमा सरकारलाई राष्ट्रिय प्रसारण नियमावली कार्यान्वयनको बाटो खोलेको थियो। मन्त्रालयले आउँदो बैशाख १५ बाट देश भरबाटै एनालग टीभी विस्तापित हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed