Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेशका लागि आवश्यक पर्ने कानुन २ हप्ता भित्र : महान्यायधिवक्ता खरेल

Loading

काठमाडौं । महान्यायधीवक्ता अग्नी खरेलले प्रदेशका लागि आवश्यक पर्ने कानुन २ हप्ता भित्र निर्माण हुने दाबी गरेका छन ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महान्यायधीवक्ता खरेलले प्रदेशमा नमुना कानुन निर्माणका लािग विधेयक तयारी सहजीकरण समिति समेत गठन भैसकेको जानकारी दिंदै पन्ध्र दिनभित्र प्रदेशमा कानून पठाइसक्ने बताए ।

प्रदेशका लािग २२ र स्थानीय तहका लागि ६ वटा कानुन निर्माण गर्ने तयारी भइरहेको उनले बताए । उनले प्रदेश कानुन निर्माणका लागि विशेषज्ञ जनशक्ति अभाव हुँदा नमुना कानुन बनाउन महान्यायाधीवक्ताको कार्यालयले सहजिकरणको भुमिका खेल्ने बताए ।

गत हप्ता ७ वटै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रदेश संचालनका लागि आवश्यक ऐन कानुनको अभावमा काम गर्न कठिनाई भएको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed