![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेट्नका लागि उत्सुक र आतुर रहेको बताएका छन् । किमको चीन भ्रमण उत्कृष्ट रहेको खबर आएपछि ट्रम्पले आफू किमसँग भेट्नका लागि उत्सुक रहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिच आउँदो मेमा भेटवार्ता हुने जनाइएको छ । तर वार्ता भए पनि उत्तर कोरियामाथि लगाईंदै आएको कडा प्रतिबन्धमा भने कुनै फेरबल नहुने ट्रम्पले बताएका छन् ।
ट्रम्पले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउने सम्भावना अब केही सकारात्मक देखिएको पनि ट्रम्पले बताएका छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग किमको भेटपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
सन् २०११ मा सत्ता सम्हालेदेखि पहिलो पटक जानकारी आएको विदेश भ्रमणको रुपमा किम चीन गएका हुन् ।


