Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायधीश हुने योग्यता पुगेका तीनजना सर्वोच्चका वरिष्ठतम् न्यायधीशलाई संवैधानिक परिषद्मा पठाएको छ । संवैधानिक परिषद्ले तीनमध्ये एकलाई प्रधानन्यायधीशका लागि सिफारिस गर्ने ब्यवस्था संविधानमा छ।
न्याय परिषदको मंगलबार बसेको बैठकले कामु प्रधानन्यायधीश दीपकराज जोशीसहित न्यायाधीसद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको अभिलेख संवैधानिक परिषदमा पठाउने निर्णय गरेको हो। सर्वोच्चको प्रधानन्यायधीशका लागि तीन वर्ष सर्वोच्चमा न्यायधीश रहेको हुनुपर्ने ब्यवस्था छ।
कामु प्रधानन्यायाधीश जोशी सहित मिश्र र राणाको योग्यता पुग्ने भएकाले परिषद्ले तीनैजनाको नाम संवैधानिक परिषदमा पठाएको हो। न्याय परिषद्ले सामान्यतया प्रधानन्यायाधीशले अवकाश पाउनु एक महिना अघि भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका न्यायाधीशको विवरण संवैधानिक परिषदमा पठाउने प्रचलन छ।
तर यसपटक प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको अस्वाभाविक बर्हिगमनका कारण एक महिना अगावै न्यायधीसहरुको नाम पठाउने स्थिति रहेन। पराजुलीले न्यायपरिषदकै पत्रले अवकाश पाएसँगै वरिष्ठत्तम रहेका जोशी कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed