Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

सुर्खेत,चैत ।
एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।
लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed